नगर प्रमुख पाण्डेद्धारा ‘क्रिसमस डे’ को शुभकामना

 

तुलसीपुर,१० पुस ।

सोमबार परेको ‘क्रिसमस डे’ का अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले क्रिश्चियन धर्मावलम्बीलाई शुभकामना ब्यक्त गरेका छन् । आईतबार प्रेस बज्ञप्ति जारी गरि प्रमुख पाण्डेले क्रिसमसले मुलुकलाई समृद्ध र बिकसित बनाउने प्रेरणा देओस भन्ने कामना समेत व्यक्त गरेका छन् ।

उनको सन्देशमा भनिएको छ ‘हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषका पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु राष्ट्रिय एकता, पारस्परिक सदभाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहदै आएका छन् ।’ उनले इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमसले सुख, शान्ति र सम्बृद्धिको बहार ल्याओस भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २०७४ पुष १० गते सोमवार
प्रतिक्रिया