नगर शिक्षा योजना निर्माण सम्बन्धी कार्यशाला

तुलसीपुर, ९ पुस ।
तुलसीपुर उपमहानगरपालिकाकोे आयोजना तथा समाजमा बातावरणिय शिक्षाको विकास (सिड ) संस्था र आई एम नेपाल काठमाडौको समन्वयमा तुलसीपुरमा नगर शिक्षा योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ । संस्थाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रशासकिय अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यशालाको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा तुलसीपुर नगर शिक्षा शाखाका प्रमुख भाष्करराज गौतमले तुलसीपुर नगरक्षेत्र भित्र ८३ वटा विद्यालय रहेको जानकारी दिदै आगामी पाँच वर्षिय कार्ययोजना निर्माण गर्ने बताउनु भएको छ । दुई दिने कार्यशालाबाट वार्षिक र पञ्च वर्षिय योजना मार्फत नगर भित्रको शैक्षिक संस्थालाई व्यवस्थित गरिने उहाले बताउनु भएको छ । साथै कार्यशालाले पञ्च वर्षिय एस. आई. पि. निर्माण गर्ने पनि उहाले जानकारी दिनु भएको छ ।

कार्यशालामा प्राथमिक,आधारभुत र माध्यामिक विद्यालय व्यवस्थापन समितिको प्रतिनिधि र प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । संस्थाका कोषाध्यक्ष राममति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाको कार्यक्रम संयोजक माधवराज चौधरीले गर्नु भएको थियो । भोली सम्म चल्ने तालीमको प्रशिक्षकमा काठमाडौं विश्वविद्यालय प्राध्यापक डा.सुरेस गौतम रहनुभएको छ ।।

 

प्रकाशित मिति : २०७४ पुष ९ गते आइतवार
प्रतिक्रिया