तुलसीपुरमा मासु विक्रिमा चरम लापर्वाही,, स्वास्थ्यमा गम्भिर असर पुग्ने खतरा

तुलसीपुर, ९ पुष
तुलसीपुरका मासुव्यवसायीले उपभोक्ताको स्वास्थयमा चरम लापरवाही गर्ने गरेको पाईएको छ । सरोकारवाला निकायले आइतबार तुलसीपुर स्थित मासु वधशालामा गरेको अनुगमणका क्रममा यस्तो भेटिएको हो । व्यवसायीले न्युनतम मापदण्ड पुरा नगरेर मासु विक्रिवितरण गर्दा मासु किन्न आउने उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पुग्न सक्ने जिल्ला पशु सेवा कार्यालय दाङका बरिष्ठ पशुविकास अधिकृत डाक्टर चन्द्रबहादुर राणाले बताउनुभयो ।
‘यत्रतत्र फोहरै फोहर छ, मासुलाइ ढाकछोप नगरेर खुल्ला रुपमा फलामको हुकमा टंगाउने गरिएकोछ’– बरिष्ठ पशु अधिकृत डा. राणाले भन्नुभयो,‘यसले उपभोक्तालाई मात्र नभई स्वंम व्यवसायीलाई समेत असर पु¥याउँछ ।’

स्वस्थ मासु विक्रिवितरणका लागि फोहर र झिंगाबाट बचाउन जाली, डि–फ्रिजको प्रयोग, सरसफाई र खियाबाट बचाउन फलामको हुकमा मासु टंगाउन नहुने राणाले सुझाव दिनुभयो ।

विशेष राँगा मासु व्यवसायीले लापर्वाही गरेको उपभोक्ता संरक्षण मञ्च दाङका अध्यक्ष केशव शर्माले बताउनुभायो । बध गर्ने ठाउँदेखि तयार पारेको मासु विक्रि गर्ने ठाउँसम्म फोहरको उचित व्यवस्थापन नगरेको भन्दै अध्यक्ष शर्माले तुलसीपुर उपमहानगरपालिकाले तत्काल यसका विषयमा कमद चाल्नु पर्ने बताउनुभयो । विशेष गरि राँगाँ, बंगुर, खसीबाख्रा बध र विक्रि गर्ने स्टलमा यस्तो पाइएको हो । अनुगमणमा तुलसीपुर उपमहानगरपालिका प्रशासकिय अधिकृत टोपेन्द्र केसी, समाज कल्यान अधिकृत टोपबहादुर डाँगी, वडा सदस्य द्धोय अजय बुढाथोकी, सुरेश श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, पशु सेवा कार्यालय तुलसीपुरका पशुविकास अधिकृत सुदाम भट्ट, प्राविधिक सुवास शर्मा, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ पुष ९ गते आइतवार
प्रतिक्रिया