जिपको ठक्करबाट दाङमा एक बालक गम्भिर

 

यमकला भुषाल ,तुलसीपुर ८ पुस ।

स्र्कापियो जिपको ठक्करबाट दाङमा एक बालक गम्भिर घाइते भएका छन । घाईते हुनेमा तुलसीपुर ३ लाउरेचौर का ५ वर्षीय बालक सागर भुषाल रहेको प्रहरीले जनाएको छ । सल्यानबाट तुलसीपुर आउदै गरेको बा १४ च ६३४८ नम्वरको जिपले बाटो काट्दै गरेका बालक लाई ठक्कर दिएको हो । बालकलाई टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते बालकलाइ अञ्चल अस्पताल तुलसीपुरमा सामन्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज रेफर गरिएको ईप्रका तुलसीपुरले जानकारी दिएको छ । गाडी चालक लाई नियन्त्रणमा लिएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार
प्रतिक्रिया