माओवादी नेता महराले घोराहीमा के भने ?

तुलसीपुर,८ पुस ।
एकिकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले दाङ प्रदेश नम्बर पाँचको राजधानी हुन नसक्ने अवस्था आए छुट्टै प्रदेश बनाएर भएपनि राजधानी बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रमा पत्रकारहरुसँग प्रतिक्रिया दिंदा उहाँले पाँच नम्बर प्रदेशको राजधानी बनाउन सम्भव नभए अहिलेको रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने बताउनुभयो ।

यसबिषयमा राजनीतिक नेतृत्वसँग छलफल भइरहेको उहाँको भनाई थियो । महराले तीनै तहको निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य भएको बताउनुभयो ।

सोही अवसरमा पत्रकार महासंघले बिद्युत सर्ट भएर आगलागी भएको रेडीयो प्रकृतीलाई राहात स्वरुप दश हजार रुपैंया समेत प्रदान गरिएको थियो । माओवादी नेता महराले रेडीयोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार
प्रतिक्रिया