विद्यार्थीले दिए, वृद्धहरुलाई जाडोमा न्यानो कपडा

तुलसीपुर, ८ पुष
दाङ भ्याली बोर्डिङ स्कुलका विद्यार्थीले तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा रहेका वृद्धहरुलाई न्यानो कपडा वितरण प्रदान गरेका छन् ।  कक्षा ८ र १० मा अध्यनरत विद्यार्थीले शनिबार एक कार्यक्रमको आयोजना गरी केशवराज झुपाकुमारी वृद्धाश्रममा वस्दै आएका पाँच जना वृद्धलाई जाडोमा न्यानो कपडा प्रदान गरेका हुन् । उनिहरुले आश्रममै पुगेर पाँच थान बलाङकेट, स्वच्छ पिउने पानीका लागि फिल्टर प्रदान गरेको कक्षा १० की छात्रा नोखी विकले जानकारी दिनुभयो ।
वृद्ध सेवा समिति जेष्टनागरि समाजका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालका १२ नं. वडा अध्यक्ष सुर्यबहादुर डाँगी‘श्याम’को प्रमुख आथित्यमाकार्यक्रम भएको थियो ।  दाङ भ्याली बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सीपल तिलक साहुले कार्यक्रमका विषयमा प्रकाश पार्दै विद्यार्थीहरुले गरेको सानो सहयोगलाई सहज रुपमा ग्रहण गरेर सेवा गर्ने अवसर दिएको भन्दै वृद्धहरुलाई धन्यवाद समेत दिनुभयो । सो अवसरमा वृद्ध सेवा मिति जेष्ठ नागरिकका समाजका महासचिव शालीकराम राजौरै, बोर्डिङ स्कुलका बरिष्ट शिक्षक लोकराज पन्थ, शिक्षक नबराज पोख्रेल लगाएतले आ–आफना धारना राख्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार
प्रतिक्रिया