दु:ख सहेर व्यबसायमा होमिदा सफलता हुन्छ : बस्नेत

तुलसीपुर,८ पुस ।
तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले व्यापार व्यबसाय गर्दा आफ्नो नैतीकता भित्र रहेर गर्नुपर्ने बताउनु भएको छ ।  रोटरी क्लव अफ तुलसीपुर सिटीले गरेको सम्मान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । दुख र कष्ट सहेर व्यबसायमा होमिने व्यक्तिले वास्तविक रुपमा सफलता प्राप्त गर्न सक्ने उहाँको धारणा छ ।

उहाले विपतको बेला रोटरी क्लब अफ तुलसीपुर सिटीले पुर्याएको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो । बस्नेतलाई क्लबका पूर्व अध्यक्ष कुशल तर्तालले खादा ओढाएर स्वागत गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष बिरु रावतले क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बस्नेतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष ललित बहादुर घर्तीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । रोटरियन दुर्गा बहादुर केसीले सहजिकरण गरेको कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल,बिजय केसी, धर्मेन्द्र वैश्य, प्रस्तावित अध्यक्ष देव बहादुर केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष सचिन पौडेल लगायतले बोल्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार
प्रतिक्रिया