तुलसीपुरमा ९ जुवाडे पक्राउ,जुवाडेको साथबाट तरवार समेत बरामद

तुलसीपुर,७ पुस ।
दाङको तुलसीपुरले हतियारले सहित जुवा खेल्ने गिरोह पक्राउ परेको छ । इप्रका तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित भीआइपी टोलको जुवा घरमा छापा मार्दा हतियार समेत भेटिएको छ । जुवा खेलिरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले उनिहरुको साथबाट पैसा,तास र कौडासँगै तरवार समेत बरामद गरेको छ ।

जुवाको खालबाट तुलसीपुरका व्यापारीहरु सोमबहादुर केसी,सरोज केसी,टेकबहादुर विक,ऋषिराज केसी,समिर शाह,संजय थापा,धनबहादुर राना,अनवर अन्सार,कमल बस्नेत पक्राउ परेको इप्रका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । प्रहरीले उनिहरुको साथबाट एक लाख ९३ हजार ६ सय ४० रुपैंया समेत बरामद गरेको छ ।

तुलसीपुरमा जुवाडेको साथबाट तरवार बरामद भएको यो पहिलो घटना हो । पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार
प्रतिक्रिया