देशले नयाँ निकास पायो : बस्नेत

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ६ पुस ।
नेकपा माओवादी केन्द्रका नेता तथा बिना विभागिय मन्त्री टेक बहादुर बस्नेतले देशले नयाँ निकास पाएको बताउनु भएको छ । सविधानको मर्म र भावना अनुसार तिन वटै निर्वाचन सम्पन्न भईसकेको हुदा अव देशले एउटा अध्याय पुरा गरेको उहाले बताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरले विहिवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि वस्नेतले यस्तो बताउनु भएको हो ।

सविधानको मर्म र भावना अनुसार देशको निकासका लागी निर्वाचन हुनु आबश्यक रहेको उहाले बताउनु भएको छ । उहाले देशको समृद्धिका लागी मुलकले नयाँ निकास पाएको उहाको भनाई थियो । पुर्व समान्य प्रसासन मन्त्री समेत रहनु भएका बस्नेतले छोटो समयमा आयोजना गरीएको कार्यक्रममा उद्योगी व्यावसायीहरुको हरेक समस्या सम्वोधन हुने बताउनु भएको छ । कतिपय समस्या सम्वोधन भईसकेका छन् बाँकी नयाँ केहि एजेण्डा भए अन्य पनि सम्वोधन हुन्छन् उहाले भन्नु भयो ।

स्थानिय सरकार गठन भईसकेको अवस्थामा अव प्रदेश र संघको सरकार गठन पछि हरेक नागरिकको हक र अधिकार सुनिश्चित हुने बताउनु भएको छ । संघका अध्यक्ष विर बहादुर रावत विरुको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव रुप बहादुर खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार
प्रतिक्रिया