ओपेन्द्र बस्नेत, तुलसीपुर ६ पुष ।
तुलसीपुर उपमहानगरपालिकाले जनताको गुनासो सुन्नका लागि हेल्लो मेयर तुलसीपुर टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरे अनुसार टोल फ्रि नम्वर, फेसवुक, टुवीटर र जिमेल संचालनमा ल्याएको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
उपमहानगरपालिकासंग सम्बन्धित कुनै पनि समस्या, गुनासा, सल्लाह र सुझावलाई तत्काल सम्बोधन गर्नका लागि यो कार्यक्रम फलदायी हुने हपेक्षा गरिएको छ । जनताले कुनै पनि गुनासा या समस्या भए पैसा नलाग्ने टोल फ्रि नम्वर १६६०८२५२००० मा फोन गरेर आफना समस्या राख्न सक्नेछन् । यो सेवा चौविसै घन्टा उपलब्ध हुने छ भने गुनासा टिप्नका लागि कर्मचारी परिचालन गरिने छ ।
पहिलो पटक पत्रकार दिपक वोहराले टोल फ्रि नम्वरमा गरेको फोन नगर प्रमुख घनश्याम पाण्डेले उठाएर सेवाको सुचारु गर्नुभएको हो ।
उपमहानगरपलिकाका १९ वटा वडा, ८ वटा स्वास्थ्य चौंकी, विकास निर्माणका काम, नगर क्षेत्रमा रहेका विद्यालय र सकाकारी कार्याल तथा अन्य सेवा प्रदायक निकायले दिएका सेवामा कुनै गुनासो या कठिनाई भएमा जानकारी गराउन सकिने नगर प्रमुख पाण्डेले बताउनुभयो ।
‘हिंसामा परेका महिला दिदीबहिनीहरुले समस्या भएन फोन गर्नुहोस, विद्यार्थीहरुले, शिक्षकको उपस्थिति भएन, बालमैत्री व्यवहार भएन, पढाइ भएन भने तत्काल टोल फ्रि नम्वरमा फोन गरेर जानकारी गराउनुस समाधानको उपाय हामी खोज्छौ नगर प्रमुख पाण्डेले भन्नुभयो ।’
सो अवसरमा प्रसासकिय अधिकृत टोपेन्द्र केसीले जनताप्रति जनप्रतिनिधिहरुलाई जवाफदेही वनाउन यो कार्यक्रमले सहयोगी भूमिका निर्भाह गर्ने भन्दै जनताका आपतकालीन समस्याहरुको समाधान गरेर सुशासन कायम गर्ने बतानुभयो । कार्यक्रमको सहजीकरण उपमहानगरपालिका प्रेस संयोजक वसन्त विवस आचार्यले गर्नुभएको थियो ।