सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

तुलसीपुर,६ पुस ।
तुलसीपुरको बसपार्क क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गर्ने क्रमको अन्त्य नहुदा विकासमा बाधा परेको छ । बसपार्क निर्माण सगै सुरुवात भएको जग्गा अतिक्रमणले विकराल रुप लिदा अहिले विकास निर्माणमा कठिनाई भएको छ । सार्वजनिक जग्गामा घर टहरा निर्माण हुदा समेत तत्कालीन नगरपालीकाले समेत चासो दिएन ।

नगरविकास समिति समेत मौन बस्यो । जस्ले गर्दा अहिले समस्या भएको छ । यस्तै राप्ती अञ्चल अस्पतालको ७ विगाह जग्गा अतिक्रमणमा परेको छ । जग्गा खालि गर्न सुचना जारी गरेपनि अटेरी गरेको बताईन्छ । राप्ती समाचारमा दिपक वोहराले खवर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार
प्रतिक्रिया