तुलसीपुर,६ पुस ।
तुलसीपुर बजारमा ५,७ मिटर चौडाहा भएको क्षेत्रफलमा घर बनाएर बाहीरबाट भ¥याङ लगाउने परिपार्टी बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालीकाले बाहिरबाट बनाएका भ¥याङ र पाली फाल्ने तयारी गरेको छ । आउदोँ साता भ¥याङ र पाली फाल्ने तयारी गरेको उपमहानगरपालीकाले बराण्ड भन्दा बाहिरबाट बनाएका फलामे भ¥याङहरु बजारमा के कति र कस्तो अवस्थामा छन सबैको तथ्याङ लिइसकेको उपमहानगरपालीकाले जनाएको छ ।
तुलसीपुर बजारमा बाहिरबाट भ¥याङ राख्ने हरुको सङया हाल ३६ रहेको र सो सङया बढ्दै जान थालेपछि आउदो साता भत्काउने तयारी गरेको हो । कोठा भन्दा बाहिर धेरै समान राखेर बिक्रि गर्ने प्रचलन बढ्दै गएपछि सो तयारी थालीएको बताइएको छ । यस्तै उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले अन्य घरधनीहरुलाइ पनि बाहिरबाट त्यसरी भ¥याङ नराख्न आग्रन गर्नुभएको छ ।
प्रकाशित मिति : २०७४ पुष ६ गते बिहिवार