करेण्ट लागेर दाङमा एक बालकको मृत्यु

तुलसीपुर,५ पुस ।
करेण्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १८ निवासि चुर्ण बहादुर नेपालीका छोरा ७ बर्षिय निराजन नेपाली रहेको प्रहरीले जनाएको छ । स्थानिय यज्ञ बहादुर बस्नेतले खोलामा पानी तान्न मोटर लगाएको र नुहाउने क्रममा बालको मृत्यु भएको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । मृतक बालकको शव पोष्र्टमाटमका लागि अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया