ज्यान मार्ने उद्योगमा फरार अभियूक्त पक्राउ

तुलसीपुर,५ पुस ।
ज्यान मार्ने उद्योगमा फरार रहेका अभियूक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका १२ रझेना निवासि बर्ष २१ का प्रविण केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

केसीले गएको भदौमा तुलसीपुर बजारमै अर्जुन शाही माथि खुकुरी प्रहार गरेका थिए । उनलाई आज तुलसीपुर उद्योग बाणिज्य संघ नजिक बाट प्रहरीले पक्राउ गरेको डिएसपी प्रकाश सापकोटाले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया