अबरुद्ध एयरपोर्टबाट महराले भने, सानो जहाँज भएपनि पठाईदिनुपर्यो

तुलसीपुर, ५ पुष
‘ठूलो नभए सानो जहाँज भएपनि हुन्छ ।’ नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले टरीगाउँ विमानस्थलको धावनमार्गबाट मोवाइलमा फोन गर्दै भने ‘काठमान्डौबाट दाङ हुदै नेपालगञ्ज जाने गरी तत्तकाल सेवा सुचारु गर्नु प¥यो ।’ कृष्णबहादुर महरा तुलसीपुरको टरीगाउँ एयरपोर्टमा आइपुगेको हल्ला आएपछि दौडिएका पत्रकार र व्यापारीहरु त्यहाँ पुग्नेबेला महराले मोबाईलमा कुरा गरिरहेका थिए ।
त्यहाँ पुगेका पत्रकार र व्यापारी र शुभचिन्तक धानवनमार्गमा पुग्नेबेला महराले मोबाइलमा गरेको कुरा एकोहोरो सुनिरहे । टेलिफोन संवाद सकिए लगत्तै महराले भने ‘मैले अहिले नागरिक उड्यन प्राधीकरणका एमडीसंग कुरा गरे सानो जहाँज पठाउछु भन्नुभएको छ अब छिट्टै हप्तमा दुई पटक उडान भेर्ने गरी सेवा सुचारु हुन्छ ।’
भारतले गरेको नाकावन्दी पश्चात इन्धन अभाव देखाउदै गोमा एर्यरले उडान भर्न छोडेपछि अवरुद्ध सेवा अहिले सम्म सुचारु हुन सकेको छैन । धावनमार्ग सानो भएको र इन्धन डिपो नहुँदा ठूलो जहाँज ल्याउन सकिदैन अब यी सबै काम पुरा हुदैजान्छ महरालो भन्नुभयो । नागरिक उड्यन तथा पर्यटन मन्त्रीसंग समेत कुरा भएको स्मरण गर्दै उहाँले अबको ३ महिनापछि इन्धनडिपो पनि स्थापना गर्ने बताउनुभयो ।
‘दाङ बसाइलाई अलि बाक्लो बनाउने सोच बनाएको छु , दिनभरी काम गरेर साँझ काठमान्डौ जानका लािग पनि विमान सेवा सुचारु गर्न अनिवार्य छ, महराले भने ।’

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया