फेरी ७ वटा टेक्टर प्रहरीको नियन्त्रणमा

 

तुलसीपुर,५ पुस ।

खोला जन्य बस्तुको अवैध रुपमा उत्खनन् रोक्न तुलसीपुर प्रहरी सक्रिय बनेको छ । यसैक्रममा मंगलवार प्रहरीले विभिन्न ठाउबाट ७ वटा टेक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नियन्त्रणमा लिईएका टेक्टरहरुमा रा १ त १८७४,लु २ त ८५७८ ,लु २ त ४२३०, रा १ त १४४१,लु ३ त ८४४४,रा १ त २४३० र रा १ त १२७८ नम्बरका टेक्टरहरु रहेको डिएसपी प्रकास सापकोटाले बताए ।

अवैध रुपमा गिट्टी तथा वालुवा उत्खनन् गरेको भन्दै पातुखोलाको सिरान, वेलुवा,ग्वारखोला र पातुखोला पुल नजिक बाट यी टेक्टर नियन्त्रणमा लिइएको हो । ईप्रका तुलसीपुरले अहिलेसम्म २८ वटा टेक्टर र एउटा जेसिवि लाई नियन्त्रणमा लिई कारवाहीका लागि जिससमा पठाएको छ ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया