पश्चिम दाङमा करणीका घटनामा बृद्धि, वितेको तीन बर्षमा ५८ घटना घटे

बसन्त परियार, तुलसीपुर ५ पौष ।
क्षेत्रमा ती बर्षमागत मंसीर २५ गते राती ८ बजे तुलसीपुरमा एक युवती जवरजस्ती करणी बाट जोगिईन । उनलाई ३३ बर्षका एक पुरुषले घरमै करणी गर्न खाजेपछि हारगुहार गरेपछि उनी त्यस वाट जोगिएकि हुन। यस्तै असोज ९ गते राती तुलसीपुरको एक होटलमा २० बर्षिय एक यूवतिलाई दुई पुरुषले जवरजस्ती करणी गरे। नेपालगञ्ज निवासि ती यूवतीलाई म्युजिक भिडियोमा खेलाईदिने भन्दै सामुहीक करणी गरेका हुन।् यी दुई पुरुष अहिले पुर्वपक्षका लागी कारागारमा मा छन् ।

यी दुई घटना त उदाहरण हुन्। यस्ता घटना पश्चिम दाङमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्यांकमा बितेको तीन बर्षमा करणी सम्बन्धी ५८ वटा घटना भएका छन। जस अनुसार आर्थिक बर्ष ०७१,०७२ मा करणीका १५ वटा घटना घटेका थिए । जसमा जवरजस्ती करणीे ९ र करणीको प्रयासमा ६ वटा रहेका थिए ।

यस्तै आर्थिक बर्ष ०७२।०७३ मा जवरजस्ती करणी १८ र करणीको प्रयासमा २ वटा गरेर २० वटा घटना घटेका थिए भने आर्थिक बर्ष ०७३।०७४ मा जवरजस्ती करणीको १७ र प्रयासमा ६ गरी २३ वटा घटना घटेको मुद्धाफाटले जनाएको छ। यसरी वितेको ती बर्ष लाई तुलना गर्र्दा करणीका घटनामा बृद्धि भएको देखिन्छ। आर्थिक बर्ष ०७१।०७२ मा १५,०७२।००३ मा २० र ०७३ ।०७४ मा बढेर २३ पुगेको छ । यसैगरी चालु आर्थिक बर्ष ०७४।०७५ को पाँच महिनाको अवधिमा ८ वटा घटना घटेका छन । करणी गरेकोमा ६ र प्रयासमा २ वटा घटना भएका छन्।

पिडितले न्याय नपाउदा समस्या : गिरी
यसैबिच करणी सम्बन्धीका घटनाहरु घट्नुको साटो बढ्नाले चुनौती देखिएको छ । लैगिंक विभेद र बनेको कानुन कार्यान्वयन नहुदा यस्ता घटना बढ्ेको महिला मानव अधिकार रक्षक सञ्जाल दाङकि अध्यक्ष शुस्मा गिरी बताउछिन। पिडित महिलाहरु लाई कागजिय प्रक्रियाले झन्जटीलो बनाउने जस्ले गर्दा घटनाका दोषिले सजाय नपाउने गर्दा झनै समस्या भएको गिरीले बताईन्।

गाँउ समाजमा ईज्जत जान्छ भनेर ढाकछोप गर्ने तथा चेतनाको कमिले गर्दा पनि यस्ता घटना बढ्ने गरेको उनको भनाई छ महिला लाई फरक दृष्टिकोणले हेर्ने चलन छ, यस्को अन्त्य नहुदा यस्ता घटना बढिरहन्छन् उनले भनिन्। यसका साथै चेतनाको कमिले गर्दा पनि यस्ता घटना बढ्ने गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया