रुकुम,४ पौष ।
रुकुम बाँफिकोट गाउँपालिकामा एक महिला आज मृत अवस्थामा फेला पर्नुभएको छ । बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुष ४ गते मङ्गलवार