मर्यादित र जिम्मेवारीबोध सहितको पत्रकारिता आवश्यक : शर्मा

गोकर्ण पौडेल
घोराही, ४ पुष / प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मर्यादित र व्यवसायीक पत्रकारिता आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङको रजत जयन्ती अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पत्रकारिता क्षेत्रमा सामुहिक समिक्षा , आलोचनात्मक पद्घतिको विकास गर्नुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले महासंघले भाषागत, विषयगत, आचार संहितका बारेमा छलफल बहस सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष समेत रहेका शर्माले अबको पत्रकारितामा गुणवत्ता आवश्यक रहेको बताएका थिए । फरक प्रसङ्गमा शर्माले दाङ जिल्ला सुरक्षा, भौतिक अवस्था र पूर्वाधारका लागि जग्गा समेत पर्याप्त भएकाले प्रदेशको मुकाम दाङमै स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले श्रमजीवि पत्रकार ऐन लागुगर्न रहरको पत्रकारिताबाट माथि उठनुपर्ने बताएका थिए । अर्का विशिष्ट अतिथि दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा दुईका सदस्य अमर डाँगीले प्रशंसाभन्दा रचनात्मक सुझावको पत्रकारिता अंगाल्न आग्रह गरेका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी ुशसील गौतम, पत्रकार महासंघ दाङका सल्लाहाकार दुर्गालाल केसी, नेपाली काग्रेस दाङका सचिव शंकर डाँगी, नेकपा एमाले दाङका उपसचिव सुरामणि वेलबासे, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नारायणी शर्मा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, प्रेस युनीयन दाङका अध्यक्ष शुसील बस्नेत, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टर दाङका उपाध्यक्ष प्रकाश चौधरी, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजा, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतकाले बोलेका थिए ।

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तित्व पुरस्कृत र सम्मानित 

नेपाल पत्रकार महासंघ दाङको रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तित्वहरु पुरस्कृत हुनुभएको छ । रजत जयन्तीका अवसरमा गोरक्ष राष्ट्रिय दैनिक, रेडियो मध्यपश्चिम, रेडियो तुलसीपुर र रेडियो हाइवेलाई सम्मानित गरिएको थियो । त्यसैगरी पुरस्कार संस्थापकहरुमध्येबाट दुर्गा टीका स्मृति पुरस्कारका संस्थापक शितल रावतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिभा पत्रकारिता पुरस्कारबाट सुदीप गौतम र लक्ष्मी आचार्य, वर्ष उत्कृष्ट पत्रकारिताबाट जे एन सागर, पत्रकारिता प्रोत्साहनबाट अञ्जना चौधरी र गिरीराज नेपाली, महिला सिर्जनशीलबाट पार्वति बस्नेत, कवि गोकुल पत्रकारिता प्रतिभा पुरस्कार टीका बस्नेत, खगराज लोहनी पत्रकारिता पुरस्कारबाट दीवाकर पोख्रेल, टीकादेवी विकास पत्रकारिताबाट रोशनमान श्रेष्ठ पुरस्कृत भएका थिए। त्यसैगरी नारायण शर्मा पत्रकारिताबाट सन्तोष दहित, रोशनस्मृति पत्रकारिता पुरस्कारबा शुसीला वली, पण्डित लिलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार टीकाराम उदासी, विष्णु भुवनेश्वर श्रेष्ठ स्मृति पत्रकारिताबाट उदय विसी, उमाचन्द्र गिता रजौरे स्मृति पत्रकारिता पुरस्कार रञ्जिता शर्मा, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिताबाट सुदर्शन रिजाल, ओमप्रकाश शर्मा स्मृति पत्रकारिताबाट किरण विक्रम शाह, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिताबाट बालाराम खडका, दुर्गा टीका स्मृति पत्रकारिता पुरस्कारबाट प्रकाश चौधरी पुरस्कृत भएका थिए । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेल र सर्मिला डिसीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७४ पुष ४ गते मङ्गलवार
प्रतिक्रिया