९८ हजार म्यादी प्रहरीको बिदाइ पुस सातमा

काठमाडौं,४ पौष ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो ।

७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालबाट भर्ना गरिएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मनोज न्यौपानेका अनुसार प्रहरी जवानले पाएसरहको तलब, भत्ता र सुविधासहित म्यादी प्रहरी बिदा हुँदै छन् । म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।

त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउनेछन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि उनीहरूले थप पाउनेछन् ।

प्रकाशित मिति : २०७४ पुष ४ गते मङ्गलवार
प्रतिक्रिया