गुण्डालाई टाउको उठाउन दिन्न – एआइजी पुडासैनी

तुलसीपुर २ पुष
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मधुप्रसाद पुडासैनीले गुण्डालाई टाउको उठाउन नदिने बताउनुभएको छ । संगठित अपराध, तथा गुण्डागर्दीले समाजमा अपराध सृजना गर्ने भएकाले उनिहरुलाई निर्मूल पार्ने चेतावनी दिनुभयो ।
आफैन कार्यालयमा आयोजना गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको संक्षिप्त समिक्षा कार्यक्रममा बोल्दै उहाँले सिधा कारबाही अभियान चलाउने बताउनुभयो । आफु पनि कसैको प्रभावमा नपर्ने र मातहतका प्रहरी इकाईहरुका प्रमुखलाई पनि निर्धकका साथ काम लाग्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ पुष २ गते आइतवार
प्रतिक्रिया