अवको यात्रा आर्थिक विकासको : सांसद केसी

सन्तोष वली, २ तुलसीपुर पौष ।
दाङ क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसिले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ । रारा बचत तथा ऋण सहकारी सस्था तुलसीपुरको साधारण सभा लाई सम्बोधन गर्दै केसीले राजनीतिक क्रान्ती पुरा भइसकेकाले अब मुलुक सम्वृद्ध बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभयो ।

उहाँले गाउँगाउँमा सहकारी सन्चालन गरी युवा लाई स्वदेशमै रोजगार दिनुपर्ने बताउनुभयो । उहाले अवको यात्रा आर्थिक विकास र समृद्धिको भएको समेत बताउनुभयो । त्यसकालागी आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारीका प्रमुख नारायण बेल्बासे,दाङ बचत तथा ऋण सहकारी सघका उपाध्यक्ष सेसुराम भण्डारी ,सचीव रुपबहादुर खत्री राप्ती बिश्वासी बचत तथा ऋण सहकारी सस्था सचीव इन्द्र बुढाथोकी सहयोगी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कर्णबहादुर वली लगाएतकाले बोल्नुभएको थियो ।

साधारणसभामा आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष कर्णबहादुर भण्डारी र बार्षिक प्रतिबेदन सचिव मीनबहादुर केसिले प्रस्तुत गर्नु भएको थियो । साधारणसभामा सस्थाका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको थियो ।
लमही नगरपालिकाले आजदेखी नगरभित्र पलास्टिकका कप, प्लेट र

प्रकाशित मिति : २०७४ पुष २ गते आइतवार
प्रतिक्रिया