सल्यानमा मानव अधिकार उल्लँघनका घटना घटे

बुद्धिमान पुन, सल्यान २ पुस ।
सल्यानमा मानव अधिकार उलंघनका घटनामा कमी आएको छ । बिगतका बर्षहरुको तुलनामा यस बर्ष मानव अधिकार उलंघनका घटनामा कमी आएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सल्यानले सार्बजनिक गरेको मानव अधिकार बर्ष पुस्तक सन २०१८ मा उल्लेख गरिएको छ ।

शनीबार जिल्लाको सदरमुकाम खलंगामा सो प्रतिबेदन सार्बजनिक गर्दै ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गत बर्ष सन २०१६ को तुलनामा सन २०१७ मा मानव अधिकार उलंघनका घटनामा धेरै कमी आएको बताउनु भयो । सन २०१६ मा जिल्लामा बिभिन्न मानव अधिकार उलंघनका ५९ वटा घटना भएको बताउदैँ यस बर्ष यो दर घटेर ४२ वटामा झरेको बताउनु भयो ।

‘सम्मानित रुपले बाँच्ने अधिकार, अभिब्यक्ति, भेला हुने र संगठित हुने अधिकार, बाल अधिकार, महिलाबिरुद्ध हुने सबै प्रकारको भेदभाब, दुब्र्यबहार, सबै प्रकारका जातीय बिभेद, आर्थिक अधिकारका बिषमा आधिारित मावन अधिकार उलंघनका घटना सन २०१५ मा ७८ वटा घटेका थिए’– उहाँले भन्नु भयो ‘यो दर क्रमस घट्दै आएको छ, सन २०१६ मा ५९ र सन २०१७ मा ४२ वटा घटना घटे ।’

ईन्सेक जिल्ला प्रतिनिधि बुढाथोकीले जिल्लामा क्रियाशिल बिभिन्न निकायहरुले सचेतनाका अभियान सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको बताउनु भयो । उहाँले आगामी दिनहरुमा सबै संग हातेमालो गरेर अगाडी बढ्न सके जिल्लामा मानव अधिकार उलंघनका घटनामा कमी आउने बताउनु भयो ।

महिला मावन अधिकार रक्षक सञ्जाल सल्यान कि अध्यक्ष सोबिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिस मदन बहादुर धामीले मानवअधिकारको प्रतिवेदनले राज्यलाई सधै उत्तरदायी बन्न प्रेरीत गर्ने बताउनुभएको छ । उहाँले मानवअधिकारको दायरा फराकिलो भएकोले मानवअधिकारकर्मिहरुले सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य प्रकारका अधिकारको प्रत्याभुतिको लाई राज्यका निकायलाई सधै खवरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले कानुनको पालना गर्नु पर्छ भन्ने संस्कृतिको बिकास नभएको बताउनु भयो । ‘कानुनको पालना गर्नु पर्छ र कुनै गल्ती गरेमा कानुनी दायरामा उभिनु पर्छ भन्ने सोच नहुदाँ पनि जिल्लामा अपराधिक क्रियाकलापहरु हुने गरेको छ’– उहाँले भन्नु भयो । साथै उहाँले मानव अधिकार बर्ष पुस्तकमा मानव अधिकार उलंघनका घटनाहरु संगै अन्य बिषयबस्तुहरुलाई समेट्न सके राम्रो हुने सुझाव दिनु भयो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले हरेक नागरिको हक अधिकारको बिषयमा प्रहरी प्रशासन खुलेर लाग्ने बताउनु भयो । उहाँले मानव अधिकार उलंघनका घटनाका बिषयमा प्रहरी, प्रशासन, अदालत संगै स्थानिय स्तरमा गएर सत्यतथ्य तथा बास्तबिकता बुझ्नु पर्ने सुझाब दिनु भयो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रि सदस्य टेक राज शाहीले मानव अधिकारका बिषयमा भएका घटनाहरुको तथ्यांङ्क मानव अधिकारका क्षेत्रमा काम गर्ने सबै निकायले राख्नु पर्ने बताउनु भयो । यस्तै सामुदायिक रेडियो प्रशारक संघ अको¥यावका ६ नम्बर प्रदेश अध्यक्ष रमेश कुमार गौतमले मानव अधिकार उलंघनका घटना पटक पटक हुने तर समाधान नहुने भन्दै त्यस बिषयमा सबैले सोच्न जरुरी भएको बताउनु भयो । कार्यक्रमको सहजीकरण पत्रकार पुरुषोत्तम गिरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २ गते आइतवार
प्रतिक्रिया