जनताको हित हुने काम गर्छु : सांसद केसी

तुलसीपुर,२९ मंसीर ।

दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले सवै जनताको हित हुने गरी काम गर्र्ने बताउनुभएको छ । जनताले दिएको मतको कदर गरि उनिहरुको चाहना अनुरुप लागि पर्ने उहाको भनाई छ । रेडियो प्रकृति एफ.एम.९३.४ मेघाहर्जले गरेको बधाई तथा शुभकामना कार्यक्रम लाई सम्बोधन गर्र्दै उहाले यस्तो बताउनुभएको हो ।

रेडियो सञ्चालक समितिका सदस्य समेत रहनुभएका केसीले पश्चिम दाङ विकासमा पछि परेको भन्दै विकासमा विशेष ध्यान दिने उहाले बताउनुभएको छ । अवको ५ बर्षमा सडक फराकिला बनाउने देखि धुल्लाम्मे सडक लाई कालोपत्रे गर्ने बताउनुभएको छ । यसका लागि सबैको सल्लाह र साथ आवस्यक रहनुपर्ने उहाले बताउनुभयो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेलको अध्यक्षता तथा सांसद केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष पोख्रेलले खादा र माला लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । समितिका सचिब रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्टेशन म्यानेजर आपेन्द्र बस्नतेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया