तुलसीपुुर, २७ मंसीर
नेपकपा एमाले नेता तथा पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेलले निर्वाचनमा पराजय भोगेको सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने प्रकृयामा लाग्नु गलत भएको बताउनुभएको छ । प्रमुख काम गर्न छोडेर राजनीतिक वैद्धदता गुमाई सकेको सरकसारले दलहरुसंग सहमति नगरेर प्रदेश प्रमुख नियुक्ती गर्ने प्रकृयामा अघि बढ्नु उचित नभएको बताउनु भयो । अस्थाई राजधानी तोक्ने काम छोडेर प्रेदश प्रमुख, प्रशासनीक नियुक्ति, ठूलठूला योजना अघि बढाउने जस्ता गलत कामहरु गरिहेको बताउनुभयो । राजनीतिक मेन्डेट एउटाले पाउने काम अर्कोले गर्ने ? यो गलत अभ्यास नर्ग सरकारलाई आग्रह गनुभयो ।
प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर दाङले घोराहीमा गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले रुन समेत पाइन्न भनेर जनतको माझमा गलत प्रचार गरे पनि त्यसलाई अस्वीकार गरेको बताउनुभयो ।