वेस्यावृति र जुवातासलाई ठेगान लगाउछु – प्रहरी प्रमुख सापकोटा

तुलसीपुर, २७ मंसीर
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले वेस्यावृति देखि जुवातासलाई ठेगान लगाउने बताउनुभएको छ । भर्खरै सरुवा भएर आउनुभएका प्रहरी नायव उपरीक्ष सापकोटाले बुधबार आफनै कार्यकक्षमा गरेको परिचयातमक कार्यक्रममा समाजमा अशान्ति मच्चाउने वेस्यावृति, जुवातास जस्ता अबैध कृयाकलाप रहेको भन्दै यसलाई रोक्ने बताउनुभयो । समाजमा विकृति मच्चाउने कुनै पनि कार्य प्रहरीका लागि असैहय हुने भन्दै उहाँले सकारात्मक आलोचना र सहयोग लागि संचार माध्यमलाई आग्रह गुर्नभयो । ‘तुलसीपुरमा अबैध नदिजन्य वस्तुको उत्खनन् र पश्चिम दाङबाट अवैध काठ ओसार पसारको कुरा आएको छ ,यसलाई मैले सुश्म ढंगले अनुसन्धान गरिरहेको छु, – प्रनाउ सापकोटाले भन्नुभयो’ त्यस्ता व्यक्ति अव कानु भन्दा बाहिर जान पाउदैनन् ।’
अन्यायमा परेका नागरिकलाई प्रहरी सम्म सहज पुहँचका लागि मातहतका युनिटलाई निर्देशन दिएको भन्दै उहाँले शान्तिको महसुस हुने गरि काम गर्ने बताउनुभयो ।
प्रहरीमा आर्थिकसंग जोडिएका धेरै घटनाहरु आउने गरेको बताउदै, लेनदेनको मुद्दा हेर्ने अधिकार नभए पनि समन्वयकारी भूमिका खेल्ने उहाँले बताउनुभयो । अधिकांस अपराधिक घटनाहरु आर्थिकसंग जोडिएको भन्दै उहाँले अदालतमा जाने आर्थिक मुद्दा प्रहरी हेर्न बाध्य भएको बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया