दाङमा गौ हत्याको आरोपमा ७ जना पक्राउ

तुलसीपुर,२७ मंसीर ।
गौ हत्याको अभियोगमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालीका वडा नं ७ मा ३ वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षिय विरसिंह थापा सहित ७ जना प्रक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिहले जानकारी दिनुभएको छ । उहाँका अनुसार पक्राउ परेकाहरुले आफूहरुले गौ हत्या गरी सुकुटी बनाई जरायोको सुकुटी भनेर बेच्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।

पक्राउ परेका अरु ६ जनाको प्रहरीले नाम सार्वजनिक गरेको छैन् । पक्राउ पर्नेमा तीनजना महिला समेत रहेका छन् । प्रहरीले उनिहरुको साथबाट एकथान भरुवा बन्दुक समेत बरामद गरेको छ । उनिहरुलाई थप अनुसन्धानकालागी हिरासतमा राखिएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया