चुनावमा अन्र्तघात गर्नेलाई कार्वाही हुन्छ, – चौधरी

दाङ २६ मंसिर ।
श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले अन्र्घात गर्नेलाई कार्वाही गर्ने बताउनभएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै दाङ क्षेत्र नम्वर ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित चौधरीले निर्वाचनमा असहयोग पु¥याउर्ने कार्यकर्तालाई पहिचान गरी सदस्यता खारेज गरिने बताउनुभयो । तीन सय ६४ दिन कांग्रेस हुने र एक दिन चुनावमा अन्य पार्टी हुनेलाई बचाउन आवश्यक नरहेको बताउनुभयो ।
अव काग्रेसलाई सुदृढ गर्नका लागी पार्टि सभापतीले कठोर निर्णय लिनु पर्ने बतादै उहाँले काग्रेसले अव आत्म समिक्षा गर्दै पार्टि भित्रको अन्र्तद्धन्द्ध समाप्त पार्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा घात गर्नेलाई कडा कार्वाही तथा देशभर बितरण गरिएका सक्रिय सदस्यता खारेज गरेर पुनह बितरण गर्नुपर्ने चौधरीको जोड थियो । जिल्लाको बिकासका लागी अझै सक्रिएताका साथ लाग्ने भन्दै विगतमा काम गरेकै कारण जनताले मत विजयी बनाएको बताउनुभयो ।

कागे्रसले पार्टीले चुनावमा हार ब्योहोर्न सक्ने आँकलन हुदाँहुदै पनी देश र लोकतन्त्रको रक्षाका निम्ति निर्वाचन गराएको हुदा निरास नहुन उहाँले जोड दिनुभयो । मन्त्री चौधरीले निर्वाचन अपाङमैत्रि , जेष्ठनागरिक मैत्री , बिरामि मैत्रि हुन नसकेको भन्दै यसलाई सच्चाउनु पर्नेमा जोड दिनुभयो । रिपोर्टस क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पत्रकार नारायणि रजौरेले गर्नु भएको थियो भने सहजिकरण सचिव बिमल गौतमले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया