शान्ति समाज दाङ शाखाको दिप प्रज्वलन

दाङ,२४ मंसीर ।
६९औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा दाङ तुलसीपुरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शान्ति दिप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रममा गरेको छ । शान्ति दिप प्रज्वलन पछि आयोजीत कार्यक्रमका बक्ताहरुले मौलिक हकलाई मानव अधिकारसग जोडिएकाले संबिधान निर्माणकर्ता,राज्यका बिभिन्न निकायहरु,आम सरोकार पक्षले कार्यान्वयन गर्ने गराउनुपर्ने सुझाब दिएका हुन ।

नेपालमा स्थानीय तह तथा प्रदेश र संघिय निर्वाचन सम्पन्न भई स्थानीय सरकार सञ्चालन भई रहेको छ । यस परिपेक्षयमा अब प्रदेश र संघिय सरकार गठन हुने र संसद गठन हुने तयारीको अबस्थामा छ । त्यसकारण नेपालको संबिधान कार्यान्वयन गर्दै लोकतन्त्रको संस्थागत विकास हुनेमा सहभागिहरुले आफ्ना भनाई राखेका थिए ।

उनीहरुले लोकतन्त्रको संस्थागत विकासबाट मात्र मानव अधिकार,प्रेस स्वतन्त्रता र अहिंसा हुने बताएका छन । शान्ति समाजका कार्यबाहक सभापति लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिब सुशील बस्नेत,केन्द्रिय योजना बिभाग संयोजक मोहन धिताल,केन्द्रिंय शिक्षा बिभाग संयोजक निर्मल नेपाली,नेबिसंघका क्षेत्रीय सभापति एकराज खड्का लगायतले आ आफना भनाई राख्नुभएको थियो ।

शाखा सदस्य संम्झना डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन सहसचिब अमृतप्रसाद शर्मा र सहजीकरण सचिब शरद रेग्मीले गर्नुभएको थियो । १० डिसेम्वरका दिन अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा पक्ष राष्ट्रहरुले बिश्वभर मनाउने गर्दछन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया