काँग्रेसलाई जरैबाट पुर्नसंचना गर्नुपर्छ : थापा

काठमाण्डौं,२३ मंसीर ।

काठमाडौ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगन कुमार थापाले काँग्रेसलाई जरैबाट पुर्नसंचना गर्ने अठोट गर्न आह्वान गर्नुभएको छ । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह काँग्रेसको जीवनमा धेरै आईरहेकाले निराश नहुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

आफु निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको बडा समितिले आयोजना गरेको विजयसभामा काँग्रेस नेता थापाले आफ्ना मतादाताहरुलाई धन्यबाद दिदै अबको कार्यकाल समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा र स्वास्थ्यमा सवैको समान पहुँच, विदेशीएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौ बनाउने आफ्नो अठोट स्मरण गराउनुभयो ।।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया