गोली प्रहार गरेको २४ घण्टा नबित्दै डिएसपी शाही काठमाण्डौं तानिए

तुलसीपुर,२२ मंसीर ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सुधीरराज शाही प्रहरी प्रधान कार्यालय काठमाण्डौं तानिएका छन । नि:सशस्त्र ब्यक्ति माथि गोली प्रहार गरेका कारण २४ घण्टा नवित्दै उनलाई काठमाण्डौं तानिएको हो । शाहीले आफु काठमाण्डौं तानिएको जानकारी जिप्रका लाई गराएपनि हेडक्वार्टर बाट जिप्रकामा कुनै जानकारी नआएको प्रहरी प्रमुख दुर्गा सिंहले बताईन।

यता प्रदेश नम्बर ५ का प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले यसवारेमा केहि जानकारी नभएका बताएका छन। यस वारेमा बुझ्ने टेलिफोनमा उनले बताए । डिएसपी शाहीले विहिवार तुलसीपुरको अरनिको मैदानमा एमालेका लिला बहादुर विक र घनश्याम नेपाली लाई लक्षित गरेर गोली प्रहार गरेका थिए । उनीहरुले भागेर ज्यान बचाउन सफल भएका थिए । गोली प्रहार भए लगत्तै भाग्न खाजेका उनिहरुलाई घेराबन्दी गरेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त गोली प्रहार कांग्रेसबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरीको निर्देशनमा भएको बताईन्छ । शाहीको ठाउमा जिल्ला प्रहरी कार्यालय पर्सा वाट प्रकाश सापकोटा आउन लागेको प्रहरी श्रोतले बताएको छ । डिएसपी शाही पुर्वमन्त्री गिरीकै पहलमा ईप्रका तुलसीपुर आएका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया