गौचन हत्या काण्डको रहस्य खुल्यो

काठमाडौँ । गुण्डानाइके समिरमान सिंह बस्न्यातसँग एक करोड रुपैयाँको लेनदेन नमिल्दा सरकारले सहिद घोषणा गरेका निर्माण व्यवसायी शरद कुमार गौचनको ज्यान गएको गएको तथ्य खुलेको छ ।

घटनाका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य खुल्न आएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गौचनले आफूले सञ्चालन गर्दै आएको डाँफे कन्सट्रक्सनको सेयर दिने भनेर गजुरमुखी कन्सट्रक्सनका मुख्य लगानीकर्ता रहेका कुमार श्रेष्ठ (घैँटे) मार्फत दुई करोड पचास लाख रुपैयाँ लिएको देखिएको हो ।

घैँटेको मृत्युपछि उक्त रकममध्ये एक करोड आफ्नो भएको दाबी गर्दै उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्सट्रक्सनको सेयर वा रकम फिर्ता गर्न बस्न्यातले गौचनसँग पटक–पटक माग गरेका थिए ।रातोपाटीबाट

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया