ब्राउनसुगर सहित २ जना तुलसीपुरमा पक्राउ

 

तुलसीपुर,१६ मंसीर ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले आज लागुऔषध ब्राउन सुगर सहित दुई जना युवालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ राजापुरबाट सोही ठाउँका सुमन नेपाली र प्रदिप परियारलाई ब्राउनसुगर सहित पक्राउ गरिएको इप्रका तुलसीपुृरका प्रमुख डीएसपी सुधिर राज शाहीले जानकारी दिनुभएको छ ।

उहाँले आज शनिवार सुन पसल भएकाले बरामद भएको ब्राउनसुगरको तौल कति छ भन्ने एकिन नभइसकेको बताउनुभयो । प्रहरी स्रोतका अनुसार ६ पोका र केही पोका नपारिएको ब्राउनसुगर बरामद भएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया