सल्यानमा सुतलीबम सेनाद्धारा निस्कृय

सल्यान,१६ मंसीर ।
सल्यानको श्रीनगरमा राखिएको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिना विभागिय मन्त्री टेकबहादुर बस्नेतको निवास छेउकै निर्माणधिन घरको ढोकामा राखिएको बम नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिका –१ श्रीनगरमा खुमबहादुर सुनारको निर्माणाधिन घरको ढोकामा भेटिएको प्रहरीले जनाएको छ ।

घरमा राखिएको बम देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सेनाले सुरक्षित रुपमा बम निष्कृय पारेकोले कुनै मानविय क्षति नभएको प्रहरीले बताएको छ । माओवादी सचिवालय सदस्य समेत रहेका बस्नेत सल्यानबाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उमेदवार हुनुहुन्छ । बम राख्नेको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया