स्थापना दिवसमा ३ पत्रकार पुरस्कृत

रोल्पा १६ मंसीर ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले १२ औँ स्थापना दिवस मनाएको छ । खुल्ला मञ्च टुडिखेलबाट सुरु भएको ¥याली महासंघकै भवनमा गएर बिबिध कार्यक्रम गरि मनाएको हो । महासंघको स्थापना दिवसका सन्र्दभमा जिल्लाका ३ पत्रकार पुरस्कृत भएका छन ।

बुबाको नाममा पत्रकार मनोज घर्तीमगरले स्थापना गरेको मनप्रसाद स्मृति ग्रमिण पत्रकारिता पुरस्कारबाट अन्नपुर्ण दैनिक रोल्पाका संवाददाता खेम बुढा ०७२, रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोका ०७३ र रेडियो रोल्पाका बिज्ञापन प्रमुख उमा केसी ०७४ पुरस्कृत भएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिब जीवन डाँगीले बताए । पुरस्कृतहरुलाई नगद ३ हजार र प्रमाण पत्रले सम्मान गरियो ।

बेपत्ता पत्रकार धन बहादुर रोकाका परिवारलाई महासंघ रोल्पाले स्थापना दिवसकै शैक्षिक सामाग्रि सहयोग गरेको छ । बिद्यालय पढ्दै गरेका रोकाका छोराछोरीलाई सहयोग पु¥याउने उदेश्यले कापी, कलम तथा पोशाक प्रदान गरेको हो ।

महासंघका अध्यक्ष मानसिंह बिकको अध्यक्षता तथा जिल्ला समन्बय समितिका प्रमुख राज बहादुर बुढाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उपाध्यक्ष देबिकुमारी गुरुङको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिब जीवन डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया