तुलसीपुरमा बम विष्फोट गराएको आरोपमा पक्राउ पर्ने को हुन ?

तुलसीपुर, १५ मंसीर

दाङको तुलसीपुरमा एक जनाको ज्यान जाने गरि भएको बम विष्फोटनको घटनामा संलग्न रहेको आसंकामा प्रहरीले एक जनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तीसंग सोधपुछ गरिरहेको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने गोप्य राखेको छ । घटना भएदेखि प्रहरीले हाल सम्म ५/६ जनालाई अनुसन्धानमा लिएर सोधपुछ पछि छाडेको छ । प्रहरी घटनाको नजिक पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक सुधिराज शाहीले जानकारी दिनुभएको छ ।
गत मंसीर १२ गते नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरि अज्ञात समुहले गराएको बम विष्फोटमा परि एक म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया