भरुवा बन्दुक सहित एक जना प्रक्राउ

तुलसीपुर,१४ मंसीर ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले भरुवा बन्दुक सहित एक जनालाइ प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्मर १ ठाँटीगाउँका ३६ वर्षीय रामबहादुर केसीलाई पक्राऊ गरिएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार केसी गएराती बाटोमा चेकजाचँको क्रममा एउटा भरुवा बन्दुक सहित फेला पर्नुभएको थियो । केसीलाई हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया