
काठमाडौं, १४ मंसिर ।
सरकारले मंसिर १५ गते इस्लाम धर्मका धर्म गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै क्रिसमस डेका अवसरमा पुष १० गते (डिसेम्बर २५ तारिख) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
दुबै दिन नेपालभरिका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा पनि बिदा हुने मन्त्रालयले जनाएको छ । यसैविच मंसीर १८ गते देखि २२ गते सम्म ४५ जिल्लामा सार्वजनिक विदा दिने यस अघि निर्णय भैसकेकोले चुनाव हुने जिल्लाका शैक्षिक सँस्थाहरु अव चुनाव पछि खुल्ने छन ।
प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार