उम्मेदवारलाई एम्बुसमा पार्ने पक्राउ

उदयपुर–बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताए ।  अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया