मेयर पाण्डेले भेटे मृतक चौधरीका परिवारलाई, छोरीको शिक्षा र श्रीमतिलाई रोजगारको पहल गर्ने

तुलसीपुर, मंसीर १३ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरमा वम पड्किएर मृत्यु भएका विनोद चौधरीको परिवारसँग भेटघाट गरेका छन् । उनले मृतकको घर तुलसीपुर उपमहानगरपालिका १२ क्वाङीमा रहेका परिवारसँग घेटघाट गर्दै क्षतिपुर्ति लागि पहल गर्ने समेत वताए । भेटघाटका क्रममा परिवारका सदस्यहरुले मेयर पाण्डेसँग तत्काल उपचार हुन नसकेर मृत्यु भएको वारेमा जानकारी गराएका थिए । उनीहरुले परिवारको विचल्ली भएको भन्दै राहतको लागि समेत आग्रह गरेका थिए । भेटघाटका क्रममा मेयर पाण्डेले उपमहानगरपालिकाका तर्फबाट वालिकाको शिक्षा र श्रीमतिलाई रोजगारका लागि पहल गर्ने वताएका थिए । “सरकारले आफ्नो जिम्मेवारी पुरा नगरे हामीले गर्नेछौ” मेयर पाण्डेले भने ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया