अबैधसम्बन्धपछि जन्मिएको बच्चा हत्या गर्ने देवर भाउजु पक्राउ

तुलसीपुर,१३ मंसीर ।
अबैध सम्बन्धपछि जन्मिएको बच्चालाई हत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले देवर भाउजूलाई पक्राउ गरेको छ । तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले पक्राउ गरेको हो । अवैध सम्वन्धवाट जन्मिएकी छोरीलाई हत्या गरेर फालेको अभियोगमा उनीहरुलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।

सविनाका पति चार वर्षदेखि मलेशियामा कार्यरत छन् । चार वर्षीय छोरासमेत रहेकी सविनाले श्रीमान विदेश भएका बेला देवर विनोदसँग अवैधसम्बन्ध राखेपछि गर्भ रहेको थियो । त्यसपछि उनीहरुले शिशुलाई मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया