बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको ज्यान गयो

तुलसीपुर,१३ मंसीर ।

तुलसीपुरको व्यस्त सडकमा शक्तिशाली बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसको चुनावीसभालाई लक्षीत गरि गराएको बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको छ । उनको उपचारको क्रममा आज विहान साढे दुई बजे कोहलपुरमा ज्यान गएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभएको छ । सोही ठाउँ निवासी १९ बर्षका अर्का म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएका छन ।

घाईते तीन जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको छ ।
यस्तै मानपुर निवासि बर्ष ४० का बोमराज सुनार,शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली,वुड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी र सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते १९ बर्षका म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ ।

नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको हो । मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोक देखि एक सय मिटर पश्चिम सडकमा करिब मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा बम बिष्पोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विष्पोट भएको ठाउँ देखि कांग्रेसको चुनावीसभा उत्तर तर्फ करिब डेढ सय मिटरको दुरीमा पर्छ । बम विष्पोट लगत्तै उनिहरु भागेका थिए । बम विष्पोट गराउने समुह र प्रयोग गरिएको सवारीसाधनको खोजी कार्य जारीरहेको प्रहरीले बताएको छ । विस्फोट लगत्तै केहिबेर भागाभाग भएको थियो । विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया