दाङ सम्भावना वोकेको जिल्ला : देउवा

तुलसीपुर,१२ मंसीर ।
नेपाली काग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ मध्यपश्चिमको महत्वपुर्ण जिल्ला भएको वताउनु भएको छ । नेपाली कांग्रेसले तुल्सीपुरमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै देउवाले दाङ अथाह सम्भावना वोकेको जिल्ला भएको भन्दै दाङको भविश्य उज्वल रहेको दावी गर्नुभयो ।

दाङमा अन्तराष्ट्रिय विमान स्थलका साथै अधिकांश सडकहरु पिच तथा सुकुम्वासी समस्यालाई दिगो रुपमा समाधानका लागी जग्गा दर्ता गराएर लालपुर्जा वितरण गर्ने कांग्रेसको योजना रहेको सुनाउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुदै बरिष्ठ नेता रामचन्द्र पौड्लले बाम गठबन्धन टिक्नै नसक्ने ठोकुवा गर्नुभएको छ । उहाले नागरिकलाई भुलभुलैयमा पारि सत्ताको बागडोर सञ्चालन गर्ने चेष्टाले भएको बाम गठबन्धनको अव छिटै अन्त्ये हुने समे त दावी गर्नुभयो । नेपाली काग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले ५ बर्षका लागि नेपाली काग्रेसलाई सरकार बनाउने गरि मतदान गर्न आग्रह गर्नुभएको छ ।

उहाले काग्रेसलाई ५ बर्षको समय दिनुहोस् मुलुकमा सम्बृद्धिको कायापलट गराउने प्रतिबद्धता जनाउनुभयो । नेपाली काङगे्रस दाङका सभापति कृति बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम निर्वाचन क्षेत्र नम्वर ३ प्रतिनीधि सभा सदस्यका उम्मेदवार दीपक गिरी, केन्द्रीय सदस्य एबम समानुपातीक उम्मेदवार पार्वती डिसी चौधरी,निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश सभा २ का उम्मेदवार बुद्धिराम भण्डारी,श्रम तथा रोजगार राज्यमन्त्री एबम निर्वाचन क्षेत्र नम्वर ३ को १ का उम्मेदवार डिल्लीबहादुर चौधरी,समानुपातिक उम्मेदवारहरु शंकर गिरी,महादेब शाह,पूर्ब सांसद गेहेन्द्र गिरी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

स्वागत मन्तब्य क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खडका र सहजीकरण पाटिका जिल्ला सचिब शंकरप्रसाद डाँगीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया