तुलसीपुर,१२ मंसीर ।
तुलसीपुर उपमहानगरपालिका लाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि सम्झौता भएको छ । तुलसीपुरमा कार्यक्रमको आयोजना गरेर जापानी कम्पनी न्यु आइटि भेन्चर लिमिटेड र तुलसीपुर उपमहानगरपालिका विचमा सम्झौता भएको हो । सम्झौता पत्रमा कम्पनीमा तर्फबाट कार्यकारी निर्देशक तादासी मोरी र उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा वोल्दै कार्यकारी अधिकृत मोरीले तुलसीपुरलाई नमुना स्मार्ट सिटीका रुपमा विकास गर्न तत्काल काम थाल्ने वताएका थिए । उनले पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने र त्यसपछि प्रोजेक्ट वनाएर काम गर्ने वताए । यसैगरी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कम्पनीसँग सम्झौता भएसँगै तुलसीपुर स्मार्ट सिटी हुने प्रक्रिया सुरु हुने वताएका थिए । उनले एकवर्ष भित्रै जनताले स्मार्ट सिटीको सामान्य परिवर्तन देखिने समेत वताए ।
सरकारले देशभरका १० स्थानीय निकायलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनामा तुलसीपुर समेत परेको भन्दै यसले थप मद्दत गर्ने समेत उनले वताए । कम्पनीले आफ्नै लगानीमा काम गर्ने वताउँदै उनले उपमहानगरपालिकाले सहकार्य गर्दै अगाडी वढ्ने समेत वताए ।
कार्यक्रममा कम्पनीका सिइओ कमल अधिकारीले स्मार्ट सिटीको अवधारणाका वारेमा जानकारी गराएका थिए ।
कम्पनीले पोखरामा स्मार्ट सिटीको प्रक्रिया अगाडि वढाइसकेको वताउँदै तुलसीपुरलाई पनि नमुना स्मार्ट सिटी वनाउने वताएका थिए । नगरप्रमुख पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा प्रशासकिय अधिकृत टोपेन्द्र केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सञ्चार संयोजक वसन्त विवश आचार्यले गरेका थिए ।