ओपेन्द्र बस्नेत
तुलसीपुर, १२ मंसीर/ तुलसीपुरको व्यस्थ सडकमा शक्तिशाली बम विष्पोट हुँदा २ जना म्यादी प्रहरी सहति ९ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसको चुनावीसभालाई लक्षीत गरि गराएको बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरी, सोही ठाउँ निवासी १९ बर्षका अर्का विनोद चौधरी, तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, १७ मानपुर निवासी ४० बर्षका बोमराज सुनार, शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री, सोही ठाउँको वड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी, सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसी, ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।
घाइते मध्य जेनी, विनोद, नेपबहादुर र देवीलाई राप्ती अंचल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको शाहीले बताउनुभयो ।
१९ बर्षका म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ ।
नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको हो ।
मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोक देखि एक सय मिटर पश्चिम सडकमा करिब अपरान्ह चारबजे बम फयाँके लगत्तै ठूलो आवाजमा बम बिष्पोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । विष्पोट भएको ठाउँ देखि कांग्रेसको चुनावीसभा उत्तर तर्फ करिब डेढ सय मिटरको दुरीमा पर्छ । बम विष्पोट लगत्तै उनिहरु भागेका थिए । बम विष्पोट गराउने समुह र प्रयोग गरिएको सवारीसाधनको खोजी कार्य जारीरहेको प्रहरीले बताएको छ । विष्पोट लगत्तै केहिबेर भागाभाग भएको थियो । विष्पोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन् ।
प्रहरीको दिएको जानकारी
मिति २०७४।०८।१२ गते जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.५ अरनिको मैदान स्थित भई रहेको नेपाली काँग्रेसको चुनावि आम सभा समपन्न भई आफ्नो घर तर्फ जाँदै गरेका सर्वसाधारण नागरीकहरुलाई त्रसीत गराउने उद्धेश्यले ऐ.स्थित (घ) लाईन चोकमा ऐ.मितिको अ.१६:०० वजेको समयमा अज्ञात समुहले वम विष्फोटन गराउदा निम्न उल्लेखित व्यक्तीहरु घाईते भएको,उक्त घटना सम्वन्धमा अनुसन्धान तथा वारदात घटनामा संलग्न रहेका व्यक्तीहरुको हुलीया विवरण तथा प्रयोग भएको सवारी साधको सम्वन्धमा पहीचान एवं खोजतलाश कार्य भई रहेको
निम्न:-
१)जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.७ डाँडा पातु वस्ने वर्ष २२ की जेनि डी.सी.।(नेपालगंज रेफर)
२)ऐ.१७ मानपुर वस्ने वर्ष ४० को वोमराज सुनार (अंचल अस्पताल तुलसीपुरमा उपचार भई रहेको)
३)ऐ.१२ उरहरी वस्ने वर्ष २३ को विनोद चौधरी (म्यादी) (नेपालगंज रेफर)
४)ऐ.वस्ने वर्ष १९ को विनोद चौधरी सामान्य (उपचार पश्चात डीस्चार्ज भएको )
५)ऐ.शान्तीनगर गाँउपालीका वडा नं.२ अम्मुवा वस्ने वर्ष ५० को हीमलाल रामजाली ।(अंचल अस्पताल तुलसीपुरमा उपचार भई रहेको)
६)ऐ.ववई गाँउपालीका वडा नं.६ पंचकुले वस्ने वर्ष ३६ को नेप वहादुर खत्री ।(नेपालगंज रेफर)
७) ऐ.वुड्कवा वस्ने वर्ष १८ कि सुनिता चौधरी ।(अंचल अस्पताल तुलसीपुरमा उपचार भई रहेको)
८)जिल्ला सल्यान वागचौर न.पा.२ थारमारे वस्ने वर्ष ४० कि देवि डी.सी.(नेपालगंज रेफर)
९)ऐ.ढोरचौर गाउपालीका वडा नं.२ चाख्लीघाट वस्ने वर्ष ४५ की नरभुमि वुढाथोकि । (अंचल अस्पताल तुलसीपुरमा उपचार भई रहेको)