सन्डे क्लव महीला सामुदायीक संस्थामा

यमकला भुषाल,तुलसीपुर ११ मंसीर ।

लैङगीक हिँसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर क्रियाशिल पत्रकार महिला सघँ दाङले सन्डे क्लव अन्तर्गतको कार्यक्रम आज घोराही १८ स्थित सक्षम महीला सामुदायीक संस्थामा पुगेर अन्तरक्रिया गरेको छ । क्रियाशिल पत्रकार महिला सघं दाङकी अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एवं हिँसा प्रभावित महिलाहरुको संगठीत संस्था सक्षम सामुदायीक संस्थाकी अध्यक्ष रचना सुवेदीको प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतीथी सुवेदीले महिलाहरु आत्मनिर्भर नभए सम्म र आर्थीक रुपले सशक्त नभएसम्म महिला माथी हुने हिँसा नरोकीने भन्दै आफुहरुले संस्था मार्फत हिसा प्रभावित महिलाहरुलाई आत्मनिर्भर वनाउन होजीयारी संचालनमा ल्याएको वताउनुभयो । उहाँले पीडा मीसाउदै संगठीत भएको हिँसा प्रभावित महिलाहरुको दीगो जिवीको पार्जनका लागी संस्थाले होजीयारी उद्योग मार्फत काम गरिरहेको वताउनुभयो । सुवेदीले संस्थामा हाल सात वटा मेसीन मार्फत महिलाहरुले सुइटर ट्राउजर ,हाइनेक लगाएतका ऊनीवाट उत्पादीत विभीन्न तयारी पोशाकहरु निमार्ण गरीरहेको वताउनु भयो ।

यसवाट महिलाहरुले मासीक रुपमा १२ हजार वढी रुपैया आम्दानी गर्ने गरेको पनि वताउनु भयो । यस्तै कार्यक्रममा वोल्दै विशीष्ट अतीथी ओरेक नेपालकी जिल्ला संयोजक तुलसा गीरीले लोकतनत्र पछी पनी अझै पित्रीसत्तामक सोच वदली नसकेको बताउनुभयो । उहाँले महिलाहरुलाइ आर्थीक रुपले वलीयो वन्नका लागी पनी पित्रीसतात्मक समाज वाधक वन्ने गरेको वताउनु भयो । स्थानीय तहमा जनप्रतीनीधीहरु निर्वाचीत भएर आए पनी पिडीत महिलाहरुले सहज रुपमा न्याय पाउने वातावरण वन्न नसकेको वताउनु भयो । नेपालको संविधानले कानुनमा मह्ीलाको अधिकार उल्लेख गरेता पनी कार्यान्वय हुन नसक्दा अझै पनी अधिकार र कानुन कागजी खोस्टाको रुपमा रहेको वताउनु भयो ।

अधिकार कार्यान्वयनका लागी फेरी आवाज उठाउनपर्ने अवस्था आएको वताउनु भयो । कार्यक्रममा प्रेस युनीयनकी केन्द«ीय सदस्य सुलोचना गौतम, क्रियमशिल पत्रकार महिला दाङकी संस्थापक अध्यक्ष वसुन्धरा गौतम, सल्लहाकार लीला शाहा, पत्रकार महासंघकी सदस्य सविता चौधरी , क्रियाशिल पत्रकार महिला सघँकी सदस्य यमकला भुसाल लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्र पछी पनी समाजमा विभीन्न वाहाना र स्वरुपमा महिला माथी हुने हिसाँ नरोकीनु लोकतन्त्रको उपहास हुने भन्दै हिसा रहीत राष्ट्र निमार्ण गदैै संविधानले प्रत्याभुत गरेका अधिकारहरु महिलाले सहज रुपमा उपभोग गर्ने वातावरण वनाउनु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले हिँसा प्रभावित महिलाहरुको संस्थाले आफुहरुलाइ शसक्तीकरण मात्र नगरी आर्थीक रुपले पनी वलीयो वनाएको वताएका थिए । हिँसा सहेर बस्दा त्यसले परिवार सिगो समाजमा समेत दिर्घकालीन असर पुर्याउने भएकाले हिसाका विरुद्ध समयमा आवाज उठाउनुपर्ने बताएका थिए । महिलाहरु पनी विभीन्न सिपको माध्यमवाट आफनो परिवार पाल्न सक्ने भएकाले परनिर्भरताको नाममा हिँसा सहेर वस्न नहुने वताएका थिए । कार्यक्रमको सहजीकरण क्रियाशिल पत्रकार महिला सघं दाङकी कोषाध्यक्ष रोशनी मल्लले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया