मुल्कोटमा पहिलो पटक गाडी पुग्यो, मेयर पाण्डेले जनाए सहयोग गर्नेे प्रतिवद्धता

तुलसीपुर,११ मंसीर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुल्कोटमा पहिलो पटक गाडी पुगेको छ । गाउँमा गाडी पुगेपछि आफुहरुको वर्षाैदेखी गाउँबाट गाडी चढ्ने सपना पुरा भएको स्थानिय वासीले बताएका छन् । मुलकोट तुलसीपुर उपमहानगरपालिकाको विकट गाउँ हो । उनीहरुले प्रत्येक घरधुरीबाट पाँच हजारका दरले उठाएको रकम र अन्य निकाय र व्यक्तिबाट प्राप्त सहयोग संकलन गरी करिव साढे पाँच लाख रुपैया लगानीमा सडक बाटो निर्माण गरेपछि उक्त गाउँसम्म गाडी पुगेकोे हो ।

उक्त सडकको आज एक समारोहका बीच उद्घाटन समेत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उपभोक्ता समितिका अध्यक्ष दोलक पुनले सयुक्त रुपमा रिवन काटेर बाटो उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख पाण्डेले दुखको पहाड नभई सुखको पहाड बनाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

मुलकोट क्षेत्रको विकास र त्यस क्षेत्रका बासीन्दाको समृद्धिका लागी कृषि देखी क्षमता अभिबृद्धि सम्मका योजना सन्चालनका लागी आफुले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । साथै उहाले तुलसीपुर उपमहानगरपालिकाले सल्यानरोड स्थित हरनेटी हुदै मुल्कोट सम्म सडक बाटो व्यवस्थित गर्नका लागी ४० लाख रुपैया वजेट विनियोजन गरेको बताउनुभयो । स्तैगरी खानेपानी,विजुली लगाएतका विकासका पनि सहयोग गर्ने उहाँको भनाई छ ।

उपभोक्ता समितिका अध्यक्ष दोलख पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण रानाले मुल्कोटमा खानेपानीको समस्या भएको भन्दै वडा विकास अन्र्तगत जुमिटाकुरा र मुलकोटमा खानेपानीका लागी ७ लाख वजेट विनियोजन गरीएको बताउनुभयो । बाटो निर्माणका लागी साविक जिल्ला विकास समितिबाट तिन लाख, जन सास्कृतिक युवा मुस्कान क्लवको भैलोबाट संकलित रकम ३७ हजार, हाल विदेशमा रहेका स्थानिय व्यक्तिहरु यामबहादुर घर्ति ,सुसील पुन र चन्द्र बहादुर वलीले २५–२५ हजार रुपैयासहयोग गर्नु भएको थियो ।

कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली,चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुन, महिला स्वास्थ्य स्वंयम सेविका निसा पुन लगाएतले वोल्नु भएको थियो । जनसाँस्कृतिक युवा मुस्कान क्लवका अध्यक्ष सुदिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्थानिय ऋषिराम पुनले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया