तुलसीपुरको बसपार्क यस्तो बन्दैछ

तुलसीपुर,१० मंसीर ।
बर्षायाममा हिलाम्मे हुने तुलसीपुरको बसपार्क पक्कि हुदै छ । तुलसीपुर उपमहानगरपालीकाले पाच विघाह १० कटठा क्षेत्रफलमा बनाउन लागेको बसपार्कमा टर्मिनल भवण,सुपिङ स्टल र सार्वजनिक सौचालय बनाउने गरी काम सुरु गरेका छ । निर्माण गर्न लागिएको टर्मिनल भवणमा १६ वटा टिकट काउण्टर रहेने उपमहानगरपालीकाले जनाएको छ ।

गाडी आवतजावतको लागि ३ सय ८३ घनमिटर कालोपत्रे तयार गरी नाला समेत निर्माण गर्न भ्याटसहित १० करोड ५० लाख रुपैयाको लगानिमा निर्माण कार्य सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति निर्माण कम्पनीले लिएको छ । गत जेठ २९ गते शिलन्यास गरीएको बसपार्कको काम आउदो एक बर्ष भित्र हस्तान्तरण गर्ने तयारी गरीएको ठेगेदार गेहेन्द्र गिरीले बताउनुभयो ।

जसमा ५० वटा सपिङ स्टल र सार्वजनिक सौचलाय,सडक कालोपत्रे र सडक बत्ती जडान हुने ईन्जीनियर पवन योगीले बताउनुभयो । जम्मा ३९ करोड लगामनीमा तीन चराण्मा बसपार्कको काम सम्पन्न हुने बसपार्कमा आउने र जाने गरी ६ सय बस अटाउने गरी निर्माण गर्न लागिएको छ । नगर विकासलाई ५.५ प्रतिशत ब्याजमा तिर्ने गरी उक्त रकम ऋणमा लिईएको हो ।

बर्षायाममा हिलोको समस्याले सताउने र हिउदामा धुलोको चपेटामा पर्नुका साथै पर्खाल नहुदा बेला बेला सताउने गरेको छ । यसैलाई मध्यनजर गरी तुलसीपुर उपमहानगरले पहिलो पटक बसपार्क क्षेक्रमा बाउन्ड्री सुरु गरेको थियो । दक्षिण पुर्वमा पर्खाल लगाइसकेपछि पश्चिम उत्तरमा पनि तत्कालै पर्खाल लगाउने काम सम्पन्न गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया