तुलसीपुर,८ मंसीर ।
डाका चोरी गर्ने एक समुहलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । उनिहरुलाई तुलसिपुर उपमहानगरपालीका ३ दमारगाँउवाट पक्राउ गरीएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ । उनिहरुले मंसीर ७ गते तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालीका ३ राम्री स्थित कपुरकोट जादै गरेका एक मोटरसाईकल चालक र त्यसमा सवार रहेका नेपालगञ्ज निवासी सुधिर कुमार पटार र विहारीलाल लोधलाई लुटपाट गरेका थिए । उनिहरु संग ६० हजार रुपैया र एक थान स्यामसुङ मोवाईल लुटेका थिए ।
निम्न:-
१)जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.५ प्रगतिशिल टोल वस्ने भक्त वहादुर वलीको छोरा वर्ष १८ को प्रदिव वली ।
२)ऐ.लक्ष्मीना।यन मन्दिर टोल वस्ने घनश्याम पान्डेको छोरा वर्ष २० को विश्वास पाण्डे ।
३)ऐ.विशालनगरटोल वस्ने रत्न वहादुर घर्तिको छोरा वर्ष २१ को स्टार जि.एम.।
सो वारदात पश्चात भागि फरार रहेका निम्न उल्लेखित व्यक्तिहरलाई जिल्ला दाङ तुलसिपुर उपमहानगरपालीका वडा नं.३ दमारगाँउवाट पक्राउ दाखिला गरीएको
निम्न:-
१)जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.७ डाँडापातु वस्ने रन्जित सीहको छोरा वर्ष २० को असिम सीह ।
२)ऐ.घोराही उपमहानगरपालीका वडा नं.१० धैरेनि वस्ने धर्म वहादुर डागीको छोरा वर्ष २२ को केशव डागि।
३)ऐ.वस्ने धर्म वहादुर डाँगि को छोरा वर्ष २० को धिरन डाँगि ।
४)ऐ.ऐ.वस्ने वर्ष टंक वहादुर डाँगिको छोरा वर्ष २० को अनिल सिजवाल ।
५)ऐ.९ वेलुवा वस्ने वलीराम वि.क.को छोरा वर्ष १७ को दिपक सुनार ।
६)ऐ.५ वस्ने निम वहादुर विश्वकर्माको छोरा वर्ष २० को विशाल विश्वकर्मा।
७)ऐ.५ नामीनगर वस्ने उजिर खानको छोरा वर्ष २५ को सुधिर खान ।
८)जिल्ला दाङ घोराही उपमहानगरपालीका वडा नं.१२ लमदरुवा वस्ने कर्ण वहादुर के.सी.को छोरा वर्ष १८ को सरोज के.सी.