तुलसीपुर,७ मंसीर ।
भोली हुने भनिएको दाङ बन्द हल्ला मात्रै भएको सावित भएको छ । बन्द आह्वान गरेको भनिएको विप्लव माओवादी र बहिर्गमित सेनाले बन्द आश्वान गरिएको बारेमा आधिकारिक जानकारी कहींकतै गराएका छैनन् । उनिहरुका कार्यकर्ताले बन्द आह्वान नगरिएको सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
दाङका यातायात व्यवसायीले पनि बन्दको आधिकारीक जानकारी नआएको बताएका छन् । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितीका डायल ईन्चार्ज प्रकाश भट्टले बन्द आह्वान गरिएको जानकारी कसैले नगराएकाले भोली यातायातका साधन संचालन गर्ने जानकारी गराउनु भएको छ ।
प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार